Dataset Viewer
Auto-converted to Parquet Duplicate
heading
stringlengths
0
199
text
stringlengths
2
651k
date
stringlengths
4
48
link
stringlengths
32
70
clean_categories
stringclasses
33 values
category
stringclasses
271 values
छापामारदेखि मन्त्रीसम्म...
सुर्खेत (रासस) । विसं २०४६ मा तत्कालीन मसालको विद्यार्थी संगठनको सदस्यता लिँदा उनी राप्ती ज्ञानोदय मावि रुकुममा कक्षा ६ मा अध्ययनरत थिइन् । विद्यार्थी संगठनको सदस्य हुँदा राजनीतिबारे खासै थाहा थिएन । पछि संगठनका अग्रजले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको यथार्थता प्रष्ट्याउँदै जाँदा त्यसप्रति उनको चासो बढ्यो । यद्यपि त्यतिबेला भने नेपालमा सशस्त्र युद्धको थालनी भइसकेको थिएन । किशोर अवस्थादेखि राजनीतिक यात्रा शुरु गरेकी बिमला केसी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ सिम्ली निवासी हुन् । सानै उमेरमा बुबाको मृत्यु भएकाले केसीलाई विद्यालय शिक्षा हाँसिल गर्न निकै समस्या भयो । बुबाको मृत्युपछि आमाले भोगेको पीडा, व्याप्त गरिबी र महिला हिंसाले उनलाई संघर्षमा उत्रन उत्प्रेरित गरायो । विद्यार्थी राजनीतिबाट अघि बढेकी केसीपछि २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सहभागी भइन् । पूर्णकालीन सदस्य बनेर माओवादी राजनीतिको यात्राका दौडानमा उनी रुकुम जिल्लाको पहिलो महिला, विद्यार्थी तथा कलाकार संगठनको एकै पटक प्रमुख बनिन् । त्यसपछि माओवादी सुरक्षा दलको सदस्य हुँदै २०५६ सालमा उनले रुकुमको छिवाङ गाउँ जनसरकार प्रमुखको भूमिका निर्वाह गरिन् । सुरक्षा दलको सदस्य हुँदाका बखत महिला छापामार भएर कैयन युद्ध मोर्चामा लड्दा भोग्नुपरेका सास्तीको केसी अहिले पनि तीतो स्मरण गर्छिन् । विसं २०५८ सालमा पार्टीको क्षेत्रीय ब्यूरो तथा महिला संगठनको केन्द्रीय सदस्य बनेकी केसी २०५९ सालमा भूमिगत अवस्थामै तत्कालीन मगरात स्वायत्त प्रदेशको समाज कल्याण मन्त्री पनि बनिन् । त्यसैगरी, २०६४ सालमा रुकुमबाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । समानुपातिकबाट प्रदेशसभामा निर्वाचित केसी प्रदेश नं ६ को पहिलो भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेकी छन् । महिलाहरुले संघर्ष गर्न सक्दैनन् भन्ने भनाइलाई गलत सावित गर्दै अहिले यो हैसियतमा पुग्दा निकै गर्व लागेको मन्त्री केसी बताउँछिन् । “यो देशको महिलासहित उत्पीडित वर्गको जननी सशस्त्र युद्ध नै हो, जहाँ थुप्रैपटक हामीले छापामार युद्ध लडेका थियौँ,”–उनले भनिन् । त्यही छापामार युद्धले आफूलाई यस ठाउँमा पुर्याएको उनको भनाइ थियो । प्रदेश सरकारको प्रवक्तासमेत रहेकी सहकारी मन्त्री केसी हाल नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य छन् ।  
बिहीबार, फागुन १०, २०७४
https://baahrakhari.com/news-details/49124
politics
राजनीति
सूचना टाँस गरी बैठक स्थगन
सुर्खेत । प्रदेश नं ६ को आज बस्ने प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगन भएको छ ।  प्रदेशसभाको चौथो बैठक यही फागुन १२ गते अपराह्न १ बजेसम्मका लागि स्थगन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । अधिकांश प्रदेशसभा सदस्य सुर्खेत बाहिर भएका कारण बैठक स्थगन गरिएको हो ।  आजको बैठकमा महत्वपूर्ण प्रस्तावमाथि छलफल गर्नुपर्ने भएको हुँदा अधिकांश प्रदेशसभा सदस्य सुर्खेत बाहिर भएका कारण बैठक स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । आजको बैठकमा प्रदेशको राजधानी र प्रदेशको नामाकरणबारे छलफल गर्ने कार्यसूची थियो ।  मस्यौदाको समितिको संयोजकमा नेपाली  प्रदेशसभा संसदीय मस्यौदा समितिको बैठकले प्रदेशसभा सदस्य सीता नेपालीलाई समितिको संयोजक चयन गरेको छ ।  समितिका ज्येष्ठ सदस्य यज्ञवहादुर बिसीको अध्यक्षतामा बसेको समितिको बैठकले मस्यौदा समितिको संयोजकमा नेपालीलाई चयन गरेको समितिका सदस्य धर्मराज रेग्मीले जानकारी दिए । मस्यौदा समितिले प्रदेशसभाको नियमावली आगामी १५ दिनभित्र निमार्ण गरी सभामा पेश गर्ने कार्ययोजना रहेको सदस्य रेग्मीले जानकारी दिए । रासस
बिहीबार, फागुन १०, २०७४
https://baahrakhari.com/news-details/49117
politics
राजनीति
पुराना दलबाट मुलुकले निकास पाउँदैन : डा भट्टराई
लुम्बिनी । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताएका छन् ।  नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्छ, बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा उनले भने —“मुलुकको विकास र समृद्धिका लागि नयाँ सोच र परिवर्तनलाई आत्मसात गर्ने दलको खाँचो छ ।”  पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता भट्टराईले भर्खरै सम्पन्न चुनावमा पुराना राजनीतिक शक्तिले जीत हासिल गरे पनि त्यसले देशलाई निकाश दिन नसक्ने उल्लेख गर्र्दै केही वर्ष सत्तामा हालीमुहाली गरे पनि नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीले मुलुकलाई दुर्घटनामा पार्ने खतरा रहेको आरोप लगाए।  “मैले देखिरहेको छु, यी दलले मुलुकलाई पार लगाउँदैन”, उनले भने, “यी दुबै पार्टीले गर्न नसक्ने काम हामीले गरेर देखाउछौँ ।”  “सही विचार लिने कहिलेकाहीँ एक्लै पर्छ, गौतमबुद्ध पनि छ जनाको टोली बनाएर ध्यानमा बसेका थिए, पाँच जनाले छाडेपछि उनी एक्लै भए, आफ्ना पिता राजाले नौ पटक बोलाउँदा पनि उनी गएनन्, बरु दूतलाई नै आफ्नो विचारमा सहमत गराए,” नेता भट्टराइले भने, “पुराना शक्तिबाट हामीलाई पनि नबोलाइएको होइन तर हामी लोभमा फस्दैनौं ।”  फागुन १२ गतेसम्म चल्ने परिषद् बैठकले पार्टीको भावी रणनीति तथा कार्यक्रम तय गर्ने सो पार्टीका प्रदेश नं ५ का संयोजक दानबहादुर चौधरीले बताए ।  नयाँ शैलीमा बैठकको उद्घाटन  नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले स्टेजमा राखिएको बोधि वृक्षमा जल सिंचित गरेर संघीय परिषद्को चौथो बिस्तारित बैठक उद्घाटन गरिएको थियो ।  सो अवसरमा उनले भगवान् बुद्धले जसरी लुम्बिनीबाट विश्वमाझ शान्तिको सन्देश छर्नुभएको छ, हामीले पनि यहीबाटै नयाँ विचार स्थापित गरी देशलाई सही निकास दिनेछौं भने । रासस
बिहीबार, फागुन १०, २०७४
https://baahrakhari.com/news-details/49116
politics
राजनीति
मन्त्रालयमा अझै कुरा मिलेन, फोरमलाई पनि सरकारमा ल्याउने !
काठमाडौं । मन्त्रालयको संख्या कति राख्ने र मन्त्रालयको बाँडफाँट कसरी गर्ने भन्ने विषयमा एमाले–माओवादीबीच निष्कर्ष ननिस्किएपछि बुधबार पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन । मंगलबार र बुधबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच  छलफल भएको थियो ।  तर, मन्त्रालयको संख्या र मुख्य– मुख्य मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न नसकेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । “मन्त्रालय संख्या र वरियताबारे छलफल भइरहेको छ । यसैले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो,” एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । मन्त्रालय १५ मा सीमित    अर्थ तथा योजना, उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन, कृषि, सिँचाइ, खाद्य सुरक्षा, सहकारी र भूमिसुधार, वन, वातावरण, जलवायु परिवर्तन, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा (जलविद्युत् तथा नवीकरणीय), सहरी विकास, आवास, खानेपानी तथा सरसफाइ, सूचना–सञ्चार तथा विज्ञान प्रविधि, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण, युवा, श्रम तथा रोजगारी, शिक्षा, खेलकुद तथा संस्कृति, स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन, गृह, रक्षा, कानुन, न्याय तथा संसदीय मामिला र परराष्ट्र मामिलासमेत गरी मन्त्रालय संख्या १८ वटा बनाउन गठबन्धनको तयारी भए पनि एमाले मन्त्रालय संख्या १५ मै सीमित गर्ने तयारीमा रहेको ज्ञवालीको भनाइ छ । “हामी सकेसम्म मन्त्रालय संख्या १५ भन्दा बढी बनाउने पक्षमा छैनौँ,” ज्ञवालीले बाह्रखरीसँग भने । माओवादीका तर्फबाट मन्त्रीको नाम आइसक्यो   ज्ञवालीले माओवादीका तर्फबाट नाम आइसकेको भन्दै मन्त्रालयको संख्यामात्रै टुंगिन बाँकी रहेको जिकिर गरे । “उहाँहरूले नाम सिफारिस गरिसक्नुभएको छ, मन्त्रालयमात्रै टुंगो लाग्न बाँकी छ,” उनको भनाइ थियो । यता एमालेमा भने नामका विषयमा छलफल हुन बाँकी रहेको स्रोतको दाबी छ ।  मधेसवादी दललाई पनि सरकारमा ल्याउने तयारी   आइतबार एमाले–माओवादीबीच पार्टी एकताको सात बुँदे आधारपत्रमा हस्ताक्षर भयो । त्यसको केही बेरअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सुटुक्क बालुवाटार पसेका थिए ।  बाम गठबन्धनको बैठकमा उपेन्द्रको प्रवेश सरकारमा मधेसवादी दलसमेतलाई सहभागी गराउन रहेको स्रोतको दाबी छ । उपेन्द्रलाई पूर्वमन्त्री अग्नि खरेलले बालुवाटार पुर्याएका थिए । बुधबार पनि नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालबीच छलफल भएको थियो । बैठकमा संविधान संशोधनको विषयमा एमाले लचिलो देखिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार एमालेले सरकारमा सकेसम्म राजपा नेपाललाई पनि सहभागी गराउने प्रयास गरेको स्रोतले जानकारी दियो । यसले प्रतिपक्षीलाई साघु¥याउनु रहेको स्रोत बताउँछ । एमाले सचिव ज्ञवालीले पनि मधेसवादी दलसँग छलफल नटुंगिएकैले सरकार गठनमा ढिलाइ भएको बताउँछन् ।  “मधेसवादी दलसँग पनि छलफल भइरहेको छ । उहाँसँग टुंगिएपछि सरकार विस्तार हुन्छ,” उनको भनाइ थियो । उनले बिहीबारभित्रै सरकारले पूर्णता पाइसक्ने जिकिर गरे । “शुक्रबार पनि नपु¥याउने हाम्रो लक्ष्य छ,” उनले थपे ।
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49115
politics
राजनीति
एमाले प्रदेश संसदीय दलको मुख्य सचेतकमा शाह
सुर्खेत । प्रदेश नं. ६ को नेकपा एमाले प्रदेशसभा संसदीय दलको मुख्य सचेतकमा गुलावजंग शाह चयन भएका छन् ।   सल्यान (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका शाहलाई संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सो पार्टीका प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए ।   अन्य पदाधिकारी भने संसदीय दलको नियमावली निमार्ण भएपछि मात्रै चयन गरिने नेता कँडेलले बताए । रासस
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49113
politics
राजनीति
निजामती र राजनीतिक नेतृत्वमा नैतिकताको बोध हुनुपर्छः मुख्यमन्त्री पौडेल
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुक राजनीतिक आन्दोलनले फड्को मारेको भए पनि निजामती कर्मचारी र दलगत नेतृत्वमा नैतिकताको बोध हुन नसक्दा सन्तोषजनक प्रगति हुन नसकेको बताएका छन् ।   मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा आयोजित कार्यक्रममा उनले प्रदेशमा रहेका विश्वविद्यालय र उच्च कलेजमा दलीय स्वार्थभन्दा शैक्षिक क्रियाकलापलाई गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक संस्था बनाउनुपर्दछ भने ।   मुख्यमन्त्री पौडेलले प्रदेशमा सुशासन, आर्थिक पारदर्शी तथा सुव्यवस्थित शहर बनाउन संघीय सरकारले गुरुयोजना तर्जुमा गर्न लागेको जानकारी दिनुभयो ।  सो अवसरमा नेपाली कांग्रेस मकवानपुर महासमिति सदस्यद्वय रामचन्द्र अर्याल, अशोक शाक्य र मकवानपुर बहुमुखी क्याम्पस प्रमुख बच्चुराम अधिकारीले नयाँ संरचनाअनुसार प्रदेशमा नयाँ विश्वविद्यालय स्थापना गर्न र शैक्षिक गुणस्तरलाई गुणात्मकरुपमा अघि बढाउन संघीय सरकार र उपमहानगरपालिकाले सहकार्य गर्नुपर्नेमा जोड दिए । रासस
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49112
politics
राजनीति
विश्वलाई नयाँ विचारको उज्यालो दिन लुम्बिनी आएका हौं : भट्टराई
कपिलवस्तु । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विश्ले नयाँ विचारको उज्यालो खोजिरहेको भन्दै आफूहरु लुम्बिनी आएको बताएका छन् । नयाँ शक्ति पार्टी, नेपालको चौथो विस्तारित बैठकको बुधबार लुम्बिनीमा उद्घाटन गर्दै संयोजक भट्टराईले नयाँ शक्तिले लुम्बिनीबाट वैचारिक उज्यालो प्राप्त गरेर नयाँ संकल्पसहित कार्यक्षेत्रमा फर्कने बताए । "विश्वले नयाँ विचारको उज्यालो खोजिरहेको छ । हामी विश्वलाई नयाँ विचार दिन लुम्बिनी आएको हौं, जसरी अन्धकारको युगमा गौतम बुद्धले लुम्बिनीमा जन्मिएर विश्वभरी ज्ञानको उज्यालो छर्नुभयो,"उनले भने, "अहिले विश्नै वैचारिक संकटबाट गुज्रिरहेको छ, हामी लुम्बिनीबाट नयाँ विचारसहित नयाँ संकल्प गरेर कार्यक्षेत्रमा जान्छौं ।" संयोजक भट्टराईले विश्व नै वैचारिक संकटबाट ग्रुज्रिरहेकोले वुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्नेमा जोड दिए । "भारतमा पनि हिन्दू अतिवादी दक्षिणपन्थी शक्ति सल्बलाइरहेको छ । चीनमा पनि वैचारिक संकट छ । अमेरिकामा डोनाल्ड ट्रम्प पनि उल्टो बाटो हिंडिरहेका छन्, संयोजक भट्टराईले भने, "हामीले फेरि एउटा आँट गरेका छौं, हामी यसको नेतृत्व गर्न सक्छौं ।" संयोजक भट्टराईले नयाँ शक्ति र नयाँ विचार एकैचोटि पैदा नहुने समेत बताए । "नयाँ शक्ति र नयाँ विचार एकैचोटि पैदा हुँदैन, थुप्रै घातप्रतिघात र असफलताको श्रृंखलाबाट जन्मन्छ । गौतम वुद्धले पनि त्यति सजिलै बुद्धत्व प्राप्त गर्नुभएको होइन, "भट्टराईले भने ।  संयोजक भट्टराईले नयाँ शक्तिमा पनि धेरै नेताहरु राजपाठ छाड्दै त्याग गरेर यो अभियानमा जोडिएको जिकिर पनि गरे । "राजनीति बिग्रिएको छ, फोहोर र भ्रष्टाचारबाट व्याप्त छ, "उनले भने, "हिजोका क्रान्तिकारीहरु पनि भ्रष्टाचारले रंगिएका छन् । यसर्थ, हामीले रुपान्तरणको लागि नयाँ राजनीति सुरु गरेका हौं । रुपान्तरणको निम्ति शक्ति आर्जन गर्न र सन्देश दिन हामी लुम्बिनी आएका हौं । विचार भनेको कम्पास हो, यसले बाटो देखाउँछ । हामी यही सही विचार प्राप्त गर्दै बुझाईमा एकरुपमा कायम गर्न लुम्बिनी आएका छौं ।" पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले  नयाँ शक्ति रातारात बन्छ भन्ने भ्रम आफूले दिन नचाहेको बताउँदै पुराना शक्तिहरु आफैंभित्र समस्याग्रस्त भएकोले वैकल्पिक शक्ति तेस्रो ध्रुवको रुपमा उदाउने निश्चित भएको दावी गरे । "शरीरको रोगलाई डाक्टरको आँखाले मात्र देख्छ, पुराना शक्तिहरुको आकार जतिसुकै ठूला भए पनि उनीहरुभित्र रोग र विकृति छ, "भट्टराईले अगाडि भने, "उहाँहरु उहाँकै रोगले सकिनुहुन्छ, यसकारण उहाँहरुबाट समृद्धि सम्भव छैन ।"
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49110
politics
राजनीति
फोरम सरकारमा सहभागी हुने इच्छा देखाएपछि मन्त्रालयको भागवण्डा लम्बियो
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डा नटुङ्गिदा सरकार विस्तार हुन सकेको छैन । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको  छलफलले मन्त्रालय भागवण्डा गर्ने बताइएको थियो । तर, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि सरकारमा सहभागी हुने इच्छा देखाएपछि भागवण्डा प्रक्रिया लम्बिएको हो ।  फोरम अध्यक्ष यादव गत सोमबार एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठकमा एक घण्टा सहभागी समेत भएका थिए । माओवादी केन्द्रका नेता दीनानाथ शर्माले मन्त्रालय थपघट हुन सक्ने भन्दै भागवण्डामा ढिलाई भएको बताए । "अहिले हामीसँग २५ वटा  मन्त्रालय छन् । त्यसलाई घटाएर १६/१७ वटा बनाउने भन्ने कुरा छ । त्यसैले भागवण्डामा अलिकति ढिलाई भएको हो, "शर्माले भने । उनले दुई अध्यक्षले मात्र मन्त्रालय भागवण्डा गर्न नमिल्ने भन्दै तल्लो तहका नेताहरुसँग पनि छलफल गर्ने बताए । नेता शर्माले भोलिसम्ममा मन्त्रालय भागवण्डा टुङ्गिएर सरकार विस्तार हुने दावी समेत गरे । मन्त्रालय टुङ्गिएपछि मन्त्री टुङगिनछन्, "शर्माले अगाडि भने, " माओवादीको तर्फबाट को-को सरकारमा जाने भन्ने अझै निर्णय भइसकेको छैन ।" माओवादी केन्द्रकी नेतृ एवं प्रवक्ता पम्फा भुसालले पनि मन्त्रालयको भागवण्डा टुंगिएलगत्तै पार्टीले योग्य र सक्षम व्यक्तिलाई छानेर सरकारमा पढाउने बताइन् । "मन्त्रालयको भागवण्डा भएपछि मात्र पार्टीले योग्य र सक्षम व्यक्ति छानेर सरकारमा पढाउछ । दुई पार्टीका अध्यक्षबीच छलफल भइरहेको छ, "भुसालले भनिन् ।  माओवादी केन्द्रबाट ओली नेतृत्वको सरकारमा रामबहादुर थापा बादलको नेतृत्वमा हिमाल किराँती, वर्षमान पुन, पम्फा भुसाल, देवेन्द्र पौडेल, शक्ति बहादुर बस्नेत, मातृका यादव, जनार्दन शर्मा, लेखराज भट्ट, राम कार्कीलगायत सरकारमा जान इच्छुक रहेको बताइएको छ ।    
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49106
politics
राजनीति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित
काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबारका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेको भन्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको हो ।  कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तयारी नपुगेका कारण बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरिएको जानकारी दिए । संसदीय दलको नेता चयन, चुनावी समीक्षा लगायतका विषयमा पार्टीभित्र जारी विभिन्न आन्तरिक एजेण्डाहरुको छलफलले पूर्णता नपाएका कारण बैठक स्थगित गरिएको उनको भनाइ छ ।  यसअघि बुधबार मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार बिहान ९ बजे कांग्रेसले पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिएका थिए । बिहीबारका लागि डाकिएको बैठक स्थगित भएकाले अर्को बैठकका बारेमा चाँडै निर्णय गरिने कांग्रेस प्रवक्ता शर्माले बताए । केन्द्रीय कार्यसम्पादनको बैठकमा संसदीय दलको विधान, आशन्न राष्ट्रपतिको निर्वाचन र समसामयिक राजीनतिक विषयले प्रवेश पाउने बताइएको थियो ।   
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49103
politics
राजनीति
राष्ट्रपति भण्डारीविरुद्ध तरुण दलद्वारा प्रदर्शन, संविधानको प्रति बुझाइयो
काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गरेको छ । तरुण दलले कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा मनोनितका लागि सिफारिस गरेका नामहरु फिर्ता गरेको विरोधमा राष्ट्रपति भण्डारीविरुद्ध नारावाजी गरेको हो ।  राष्ट्रपति भण्डारीको पछिल्लो निर्णय फिर्ता हुनुपर्ने माग राख्दै बुधबार दिउँसो राष्ट्रपति भवन अगाडि तरुण दलले नाराबाजी गरेको महासचिव भुपेन्द्रजंग शाहीले बताए । राष्ट्रपति भण्डारी सरकारले सिफारिस गरेअनुसार तीन जनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने संवैधानिक प्रावधानविपरित कदम चालेकाले विरोध स्वरुप प्रदर्शन गरिएको उनले बताए ।  तरुण दलले बुधबार नै संविधानको प्रति पनि बुझाएको छ । राष्ट्रपति कार्यालयका उपसचिव प्रल्हाद पुडासैनीमार्फत राष्ट्रपति भण्डारीलाई संविधान बुझाइएको महासचिव शाहीले जानकारी दिए ।  राष्ट्रपतिको विरोधमा गरिएको बिरोध प्रदर्शनपछि आयोजित कोणसभामा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव शाहीले राष्ट्रपतिले आफ्नो कदम नसच्याए सडक संघर्ष थप चर्काउँदै लैजाने चेतावनी दिएका छन् ।    
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49100
politics
राजनीति
राष्ट्रपतिको कदमप्रति कांग्रेसका भ्रातृ संगठन रुष्ट, सडक आन्दोलनको चेतावनी
काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध संघर्ष गर्ने उद्घोष गरेका छन् । संविधान विपरित सरकारपिच्छे फरक–फरक व्यवहार गरेर राष्ट्रपति भण्डारी सक्रिय भूमिकातर्फ उन्मुख भएको आरोप लगाउँदै कांग्रेसका आधा दर्जन भ्रातृ संगठनहरुले आन्दोलन गर्ने उद्घोष गरेका हुन् ।  नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, तेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल दलित संघका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, नेपाल ट्रेड यूनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल र नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले बुधबार संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् ।  ६ वटै भ्रातृ संगठनहरुले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिहरुको नाम राष्ट्रपति कार्यालयले स्वीकृत नगरे राजनीतिक र कानुनी लडाइँ लड्ने चेतावनी दिए ।   पत्रकार सम्मेलनमा महिला संघकी अध्यक्ष रेग्मीले संविधानविपरीत गएर राष्ट्रपति भण्डारीले पूर्ववर्ती सरकारको निर्णय खारेज गरेर सक्रिय भूमिकातर्फ उन्मुख भएको दावी गरिन् । उनले राष्ट्रपति कार्यालयले राष्ट्रियसभा सदस्य मनोनयनका लागि गरिएको निर्णय फिर्ता लिनुपर्ने माग गरिन् । ‘‘सम्माननीय राष्ट्रपतिज्यू एक्टिभ भएर संविधान बाहिर जाँदै हुनुहुन्छ, उहाँले आफ्नो स्टेप फिर्ता लिनुपर्छ । अन्यथा हामी संविधानले दिएको हक–अधिकार प्राप्त गर्नका लागि संडक संघर्षमा जान्छौं,’’ उनले भनिन् । संविधानले निर्दिष्ट गरेअनुरुप राष्ट्रपति नचले त्यसलाई रोक्न कांग्रेसका भ्रातृ संगठनहरु जेसुकै गर्न पनि तयार रहेको चेतावनी उनले दिइन् ।  पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका अध्यक्ष महरले राष्ट्रपतिको पछिल्लो कदमले नेपालमा कम्युनिष्ट शासनको सुरुवात भइसकेको आभाष दिलाएको बताए । ‘‘हिजो निर्वाचनमा जाँदै गर्दा कांग्रेसले कम्युनिष्टहरुले चुनाव जिते मुलुकमा अधिनायकवाद आउँछ भन्दा जनता र मिडियाले पत्याएनन्,’’ उनले भने, ‘‘तर एमाले–माओवादीको सरकार गठन भएलगत्तै मुलुकमा अधिनायकवाद लाद्ने प्रयास राष्ट्रपतिबाट भएको छ ।’’ राष्ट्रपतिले जनतासँग माफी मागेर राष्ट्रियसभा सदस्य मनोनयनका लागि गरेको निर्णय सच्याउनुपर्ने माग गर्दै अध्यक्ष महरले निर्णय नसच्याइए हरेक किसिमका आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिए ।       तरुण दलका अध्यक्ष बस्नेतले चुनावअघि कांग्रेसले भनेझैं मुलुकमा कम्युनिष्ट पार्टीहरुले अधिनायकवादको झल्को दिइसकेको दावी गरे । ‘‘एमाले अध्यक्ष केपी ओली संसदीय अभ्यास विपरित प्रधानमन्त्री बन्नुभएको छ,’’ उनले भने, ‘‘सांसदको सपथ नलिएरै, संसदीय दलको नेता नचुनिएरै प्रधानमन्त्री हुने व्यवस्था कम्युनिष्ट शासनमा मात्रै हुन्छ ।’’ राष्ट्रपति भण्डारीको पछिल्लो कदम विरुद्ध कांग्रेसले कानुनी लडाइँ लड्ने र भ्रातृ संगठनहरुले सडक संघर्ष गर्ने अध्यक्ष बस्नेतको भनाइ थियो ।  ट्रेड यूनियन कांग्रेसका अध्यक्ष दाहालले राष्ट्रिपति भण्डारीको पछिल्लो कदमको निन्दा गर्दै निर्णय सच्चिनुपर्नेमा जोड दिए । ‘‘यो राष्ट्रपति भण्डारीले सकृय कदम चाल्न गरेको प्रयासको विरोधको कास्टिङमात्रै हो । निर्णय फिर्ता नभए हामी संविधानको रक्षाका लागि जेसुकै पनि गर्न तयार छौं,’’ उनले भने ।  देउवा नेतृत्वको सरकारले राष्ट्रयसभाका लागि प्रस्ताव गरेका तीन जनाको नाम हटाएर सरकारले गरेको सिफारिस राष्ट्रपति भण्डारीले पारितगरे पछि कांग्रेस र उसका भ्रातृ संगठनहरुले असन्तुष्टि जनाइरहेका छन् ।     
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49090
politics
राजनीति
पाँच वर्षमा विकासमा छलाङ, ‘क्यासलेस इकोनोमी’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच वर्षमा विकासमा छलाङ मार्नेगरी महत्वाकांक्षी योजना तयार पारेको छ । नेकपा एमाले र माओवादी केन्द्रको बैठकले नयाँ सरकारका लागि सुशासन र आर्थिक विकासका बारेमा सुझाव दिन कार्यदल बनाएको थियो । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा बनाइएको कार्यदलले विकासमा छलाङ मार्नेगरी योजनासहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । ६१ पृष्ठको ७२ बुँदे प्रतिवेदन चुनावी घोषणापत्रलाई आधार मान्दै तयार पारिएको थियो । कार्यदलले आर्थिक समृद्धिका लागि गर्नुपर्ने कामबारे सबै विवरण सुझाएको कार्यदलका संयोजक गौतमले जानकारी दिए । माघ ७ गते गठित कार्यदलले फागुन ७ गते प्रधानमन्त्री ओलीलाई सो प्रतिवेदन बुझाएको थियो । “भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै आर्थिक समृद्धिको वाटो तय गर्न सकिन्छ भन्ने सुझाव दिएका छौं,” गौतमले भने, “जनताको आधारभूत समस्या समाधान गर्दै समाजवादको बाटो तय गर्ने सुझाव प्रतिवदेनमा छ ।”  शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ढुकुटीको दोहन गरेको आरोप लगाउँदै त्यसका बारेमा जनतालाई पहिले जानकारी गराएर मात्रै अघि बढ्न पनि सुझाव दिइएको छ । कार्यदलले कृषिको व्यवसायीकरणमा बढी जोड दिएको छ ।  “अहिले देशको राष्ट्रिय ढुकुटीको अवस्थाबारे जनतालाई जानकारी दिन श्वेतपत्र जारी गर्न भनेका छौं,” गौतमले बाह्रखरीसँग कुरा गर्दै भने, “कृषिलाई व्यावसायिक र औद्योगिकरण गर्दै दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सुझाव दिएका छौं । सुन्दा चुनौतिपूर्ण देखिए पनि असम्भव छैन । प्रतिवर्ष विदेशबाट औद्योगिक सामान खरिदका लागि आठ खर्ब रुपैयाँ खर्च भइरहेको छ ।  खाद्यान्नका लागि डेढदेखि दुई खर्वको सामान ल्याउँछौं । यसलाई बचाउन सक्ने हो भने दुई वर्षमा नसोचेको काम गर्न सकिन्छ ।” संयोजक गौतमले थपे, “पाँच वर्षभित्र सबै आर्थिक कारोबार ‘क्यासलेस इकोनोमी’ मा र दुई वर्षभित्र अनलाइन प्रणालीमा लगेर सुशासन कायम गर्न सक्छौं ।” कर प्रणालीलाई संस्कृतिकै रुपमा विकास गर्नुपर्ने सुझाव पनि समितिले दिएको छ । “सबैले कर तिर्ने वातावरण बनाउनुपर्छ,” गौतमले भने “तलब खाने सरकारको, कर नतिर्ने भनेर हुन्छ ?”  
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49086
politics
राजनीति
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक 
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्य सचिव कृष्ण पौडेलका अनुसार भोलि बिहान ९ बजे कांग्रेसले पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गरेपछि आफ्नो धारणा बनाउन कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको जनाएको छ ।  
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49078
politics
राजनीति
मन्त्रालय भागवण्डाको सकस, पहिले मन्त्रालयको भागवण्डा 
काठमाडौं । मन्त्रालयमा भागवण्डामा नमिल्दा बुधबारसम्म पनि सरकार विस्तार हुन सकेको छैन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको भागवण्डा टुंग्याएर सरकार विस्तार गर्ने तयारी भए पनि बाँडफाँट नसकिएकाले सरकार विस्तार हुन नसकेको हो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले बुधबार पनि छलफल गरेका थिए । पहिले कुन मन्त्रालय कुन पार्टीले लिने भन्ने विषयमा सहमति भएपछि मात्रै मन्त्रीको चयन हुने बताइएको छ । एमाले महासचिव ईश्वर पोखरेले दुई अध्यक्षबीच छलफल नटुंगिएकाले बुधबार सरकार विस्तारको सम्भावना कम देखिएको बताए । “छलफल चलिरहेको छ, आजै सरकार विस्तार हुने सम्भावना मैले देखेको छैन,” उनले भने । उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  छलफल चलिरहेको छ । दुई अध्यक्षको छलफल टुंगिएपछि मात्रै व्यक्तिको टुंगो लाग्छ । आइतबार राति दुई पार्टीबीच एकताको आधारपत्रमा हस्ताक्षर भएपछि माओवादीले छिट्टै सरकारमा सहभागी जनाएको थियो । तर, मन्त्रालय भागवण्डामा ठोस सहमति हुन नसकेपछि सरकारले पूर्णता पाउन नसकेको हो ।
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49076
politics
राजनीति
मन्त्रालय भाग लगाउन ओली र दाहाल छलफलमा
काठमाडौं । मन्त्रालय भागवण्डा गर्न प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ । सरकार विस्तार र मन्त्रालय भागवण्डा गर्न करिव १ घण्टादेखि दुई पार्टीका अध्यक्ष छलफलमा रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । छलफलपछि माओवादी केन्द्र र एमालेले कुन कुन मन्त्रालय पाउने भन्नेबारे टुङ्गो लाग्ने बताइएको छ ।  मन्त्रालयको टुङ्गो नलाग्दा माओवादी केन्द्रका नेताहरु को को सरकारमा सहभागी हुने भन्ने टुङ्गो लागेको छैन । आजै भागबण्डा टुङ्गो लागेर माओवादी केन्द्र सरकारमा सहभागी हुने बताइएको छ । माओवादी केन्द्रबाट ओली नेतृत्वको सरकारमा रामबहादुर थापा बादलको नेतृत्वमा हिमाल किराँती, वर्षमान पुन, पम्फा भुसाल, देवेन्द्र पौडेल, शक्ति बहादुर बस्नेत, मातृका यादव, जनार्दन शर्मा, लेखराज भट्ट, राम कार्कीलगायत सरकारमा जान इच्छुक छन् । उनीहरु आज बिहानै मन्त्री बनाइदिन आग्रह गर्दै अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका थिए । खुमलटार पुगेका नेताहरुलाई अध्यक्ष प्रचण्डले मन्त्रालयको भागबण्डा टुङ्गिएपछि मात्र मन्त्री छान्ने आश्वासन दिएका थिए ।  
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49067
politics
राजनीति
सांसदहरुको सपथ ग्रहण फागुन २० गते, मातृभाषामा पनि लिन सकिने 
काठमाडौं । संघीय संसदका सांसदहरुको सपथ ग्रहण फागुन २० गते हुने भएको छ ।  संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सूचनामा फागुन २० गते शपथग्रहण कार्यक्रम तय गरिएको उल्लेख छ । प्रतिनिधिसभाका जेष्ठ सदस्यले सांसदहरुलाई शपथ ग्रहण गराउने व्यवस्था छ । सांसदहरुलाई संसद् सचिवालयले राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्र्रमाणपत्रसहित आउन आग्रह गरेको छ । कुनै पनि सांसदले मातृभाषामा शपथ लिन चाहेमा पनि व्यवस्था गरेको सचिवालयले जनाएको छ । तर तीनदिनअघि नै मातृभाषामा अनुवाद गरी प्रतिसहित संसदका महासचिवलाई बुझाउनुपर्ने हुन्छ । सचिवालयले प्रतिनिधिसभाका सदस्यहरुलाई फागुन २० गते ४ बजे र राष्ट्रियसभाका लागि ५ बजे समय तोकेको छ ।  
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49034
politics
राजनीति
अघिल्लो सरकारका निर्णय खारेज गर्नु दुःखद : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले नयाँ सरकारले अघिल्लो सरकारले गरेका निर्णय खारेज गर्ने मनोविज्ञानले आफ्नो यात्रा प्रारम्भ गर्नुलाई सुखद शुभारम्भ नभएको टिप्पणी गरेको छ ।  काँग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि सरकारले आज सिफारिश गरेको निर्णयका सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गरेका छन् ।  उनले भने,, “अघिल्लो सरकारले गरेको सिफारिश संविधानको धारा, ८६ को उपधारा, २ को ‘ख’ बमोजिम थियो, धारा ८६ को उपधारा २ को ‘क’ सक्रिय भइसक्दा ‘ख’ लाई सक्रिय तुल्याउन संविधानतः स्वाभाविक प्रक्रिया थियो ।”  “संविधानको संरक्षक राष्ट्रपतिले संविधानको धारा, ६६ को उपधारा, २ ले गरेको प्रस्ट व्यवस्थाअनुरुप सो सिफारिशलाई स्वीकृत गर्नै पर्दथ्यो”, प्रवक्ता शर्माले भने, “भिन्न–भिन्न सरकारलाई भिन्न–भिन्न चस्माले हेरेर राष्ट्रपतिजस्तो संस्थाबाट व्यवहार प्रस्तुत हुनुलाई गम्भीर रुपमा लिँदै संविधानको मूल मर्म र भावना विपरीत यो निर्णय रहेको काँग्रेसको ठहर छ ।”  काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान अन्ततः स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी काँग्रेसकै नेतृत्वमा सम्पन्न भएको बताउँदै प्रवक्ता शर्माले भने, “यो निर्वाचन सम्पन्न भएसँगै लामो संक्रमणकालको अन्त्य भई तुलनात्मक रुपले सहज राजनैतिक वातावरण मुलुकमा स्थापित भएको छ ।”  उनले यस परिस्थितिमा गठन भएको नयाँ सरकारले दिगो शान्ति, स्थिरता र समृद्धिका सन्दर्भमा सार्थक नेतृत्व गर्न सकोस् भनेर शुभकामना व्यक्त गर्नुभयो । प्रवक्ता शर्माले भने, “नयाँ सरकारसँगको हाम्रो व्यवहार उसकै निर्णय र शैलीमा निर्भर रहनेमा समेत हामी उत्तिकै प्रस्ट छौँ ।”  उनले लामो संक्रमणकाल अन्त्य पछिको नेपाली राजनीतिलाई एकता र हार्दिकतापूर्वक अघि बढाउनुपर्ने प्रधान दायित्व सरकारको नै हो भन्नेमा काँग्रेस प्रस्ट रहेको धारणा व्यक्त गरे ।  प्रवक्ता शर्माले हजारौँको बलिदान र लामो संघर्षबाट निर्माण भएको संविधानलाई थप समृद्ध गर्दै अघि बढ्ने सन्दर्भमा जिम्मेवार प्रतिपक्ष दलका नाताले आफूहरु सहयोगी रहने बताउँदै संविधानको ठाडो उल्लंघन जस्ता घटनाप्रति गम्भीर रहँदै यसको रक्षार्थ दृढ रहने स्पष्ट पारे ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा बिमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिश गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै उनीहरुलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेका छन् ।  काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको यसअघिको सरकारले राष्ट्रियसभा सदस्यमा कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम मनोनयनका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीनजना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । रासस
बुधबार, फागुन ९, २०७४
https://baahrakhari.com/news-details/49009
politics
राजनीति
सभापति देउवासँग चिनियाँ उपमन्त्रीको भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका  चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन् ।   बूढानीलकण्ठस्थित सभापति देउवाको निजी निवासमा मंगलबार भएको भेटमा उनीहरुरुबीच आपसी हित र सम्बन्धमा बारेमा विचार विमर्श भएको सभापति देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।  भेटमा सभापति देउवाले नजिकको असल छिमेकी चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउँदै पार्टीका संस्थापक विपी कोइरालाको पालादेखि नै नेपाल र आफ्नो पार्टी एक चीन नीतिमा अडिग रहेको धारणा व्यक्त गरेका थिए ।   सो अवसरमा उपमन्त्री येले सभापति देउवाको नेतृत्वमा नेपालमा तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बधाई दिँदै कांग्रेसका संस्थापक विपी कोइरालाको पालादेखि नै कांग्रेस र चीनबीचको सम्बन्धको स्मरण गरे ।   उनले आफूहरुले चिनियाँ कम्युनिस्ट पार्टी र कांग्रेसबीच द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न चाहेको बताउँदै सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणासमेत दिएको परराष्ट्र सल्लाहकार डा भट्टराईले बताए । रासस
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48997
politics
राजनीति
एकसाताभित्रै पार्टी दर्ता : प्रचण्ड 
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाताभित्रै पार्टीको नाम औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भई वैधानिकता पाउने बताएका छन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएपश्चात् गृहजिल्ला चितवन आएका प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि पार्टीको नामलाई औपचारिकता दिने बताउँदै दल दर्ता गर्दा दुवै अध्यक्षको संयुक्त हस्ताक्षर रहने प्रष्ट पारे । दुई कम्युनिस्ट शक्तिबीच पार्टी एकताको औपचारिक घोषणा भएलगत्तै प्रचण्डले देश अब स्थायित्व र समृद्धिको दिशामा अघि बढ्ने विशवास व्यक्त गरे । उनले भने, “२०१९ सालदेखि जुट्न नसकेको कम्युनिस्ट हाल एउटै हुनु विश्वकै लागि गतिलो पाठ हो । अब दुई पार्टीले अन्तरिम राजनीतिक प्रतिवेदन र अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गर्नेछ ।” एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्तरूपमा गर्ने र बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति भएको प्रचण्डले बताए । संसदमा दुवै पार्टीको गरी ६३ प्रतिशत प्रतिनिधित्व छ । प्रचण्डले आगामी दुई वर्षभित्र एकताको महाधिवेशन हुने बताएका छन् । सोही महाधिवेशनले नेता कार्यकर्ताको मनोभावनाअनुसार अघि बढ्ने भएकाले प्रधानमन्त्रीमा आलोपालोको विषयको औचित्य नरहेको उनले प्रष्ट्याए ।
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/49023
politics
राजनीति
महान्यायाधीवक्तामा अग्नी खरेल नियुक्त 
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधीवक्तामा अग्नी खरेललाई नियुक्त गरेकी छन् । नेकपा एमालेका पूर्वसांसद, पूर्वमन्त्रीसमेत रहेका खरेललाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खरेललाई महान्यायधिवक्तामा सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गरेको विज्ञप्तिमा मंगलबार बेलुका नियुक्त गरिएको उल्लेख गरिएको छ । तस्बिर, खरेलको फेसबुकबाट   
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/49012
politics
राजनीति
महान्यायाधिवक्ता भण्डारीद्वारा राजीनामा 
काठमाडौं । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले पदबाट राजीनामा दिएका छन् । भण्डारीले  संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मंगलबारेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो । महान्यायाधिवक्ताको हैसियतले सम्पादन गरेको कार्यप्रति राष्ट्रपतिले धन्यवादसमेत व्यक्त गरेकी छन् । भण्डारी ३२ साउनमा महान्याधिवक्तामा सिफारिस भएका थिए ।  
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/49011
politics
राजनीति
माओवादीका मन्त्री आजै सरकारमा सहभागी हुने
चितवन । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारको मन्त्रीमण्डल आजै विस्तार हुने बताएका छन् । पश्चिम चितवनको अमर माध्यमिक विद्यालय भरतपुर–२२ को ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आज विस्तार हुने मन्त्रीमण्डलमा माओवादीका तर्फबाट केही मन्त्रीहरुले सपथ ग्रहण गर्ने बताए । यस्तै अध्यक्ष प्रचण्डले भरतपुर–मेघौली सडकखण्डलाई तत्काल कालोपत्रे सम्पन्न गर्न पहल गरिने प्रतिबद्धतासमेत जनाए । कार्यक्रममा वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा पूर्वविद्यार्थी एवं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रदेश नं.३ (ख)का सांसद रामलाल महतो, भरतपुर महानगरपालिका वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारी, भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतो, जिल्ला समन्वय समिति चितवनकी उपसभापति मुना श्रेष्ठलाई अध्यक्ष प्रचण्डले सम्मान गरेका थिए । कार्यक्रम विद्यालयका अध्यक्ष मधुसूदन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48984
politics
राजनीति
राष्ट्रपतिले भिन्न सरकारलाई भिन्न चश्माले हेरेको कांग्रेसको आरोप, राष्ट्रियसभा सदस्य मनोनयनप्रति आपत्ति 
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य मनोनयनप्रति गम्भीर विमति रहेको जनाएको छ ।  ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेर कांग्रेसले राष्ट्रियसभा सदस्य मनोनयनप्रति गम्भीर बिमति रहेको जनाएको हो ।  संविधानको धारा ८६ (२) बमोजिम कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यको चयन र मनोनयनका लागि राष्ट्रपति कार्यालय समक्ष सिफारिश गरेपनि अहिलेको सरकारले नयाँ नाम सिफरिश गरेको प्रति कांग्रेस असन्तुष्ट देखिएको छ ।  ‘‘राष्ट्रियसभा सदस्य सिफरिश संविधानको धारा ८६ को उपधारा २ को ‘ख’ बमोजिम थियो’’, पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘‘धारा ८६ को उपधारा २ को ‘क’ सक्रिय रहने र ‘ख’ निष्कृय पारिएको छ । यसप्रति हाम्रो गम्भीर आपत्ति र विमति छ ।’’ देउवा नेतृत्वको सरकारले सिफारिश गरेका नामहरु मनोनयन नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरित काम गरेको कांग्रेसको ठहर छ । भिन्न–भिन्न सरकारलाई भिन्न–भिन्न चश्माले हेरेर राष्ट्रपति जस्तो संस्थाबाट प्रस्तुत पछिल्लो व्यवहारलाई कांग्रेसले गम्भीर रुपमा लिएको जनाएको छ ।  ‘‘राष्ट्रपति कार्यालयले संविधानको मूल मर्म र भावना विपरित निर्णय गरेको ठहर गरेको छ’’ प्रवक्ता शर्माले भने, ‘‘राष्ट्रपति जस्तो सम्मानित संस्थाले विवादित निर्णय गर्दै गए संविधान समृद्ध हुँदैन ।’’ प्रतिपक्षी कांग्रेसले राष्ट्रियसभा सदस्य मनोनयनको विषयलाई राजनीतिक ढंगबाट निकास ननिस्कए आवश्यक परामर्श गरेर कानूनी बाटो समेत अवलम्बन गर्न सक्ने संकेतसमेत गरेको छ । ओली नेतृत्वको सरकार जिम्मेवार प्रतिपक्षीलाइ जिम्मेवार ढंगबाट अघि लैजान चुकेको उनको भनाई थियो ।  उसले सरकारको आगामी रबैया हेरेर सडक र संसदमा आफ्नो व्यवहार प्रस्तुत गर्नेसमेत बताएको छ । ‘‘सरकारको आगामी रबैया हेरेर कांग्रेस विनम्र तर बुलन्द ढंगबाट प्रस्तुत हुन्छ,’’ प्रवक्ता शर्माले भने ।   
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48982
politics
राजनीति
बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए ।  सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गरी आर्थिक वृद्धि हासिल गर्ने हुँदा त्यसका लागि आवश्यक संख्या मात्र मन्त्रिपरिषद्मा रहने चर्चा गर्दै उनले भने, “हाम्रो कार्यदलले १५ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ, अब कतिपय मन्त्रालय एकीकृत गरिन्छ र कतिपय खारेज हुन्छन् ।”  नेता ज्ञवालीले वर्तमान सरकारले लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा गर्ने, सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्न लगानी बढाउने र संघीय संविधान कार्यान्वयनलाई प्राथमिकता दिने बताए ।  देशमा सुशासन र आर्थिक समृद्धि कायम गर्न सरकारले दत्तचित्त भएर काम गर्ने जानकारी दिंदै उनले भने, “यो सरकार १० देखि पाँच कार्यालय आउने÷जाने होइन, रिबन काट्ने, पूजा गर्ने काम गर्दैन, किनकि हामी अग्निपरीक्षामा छौँ ।”  एमाले र माओवादी केन्द्रबीचको एकता  सचिव ज्ञवालीले विसं २००६ मा स्थापना भएको कम्युनिष्ट पार्टी विभिन्न समयमा फुट्दै गएको स्मरण गर्दै एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा ऐतिहासिक हुने र मुलुकमा अब राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्दै एकता विश्व कम्युनिष्ट आन्दोलनका लागि पनि प्रेरणादायी हुने बताए।  एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन केही कानूनी प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “यसका लागि करिब तीन हप्ता सक्छ, हिजो भएको दुई पार्टीबीचको एकता घोषणालाई दुवै पार्टीका केन्द्रीय कमिटीले अनुमोदन गरेर आगामी चैतसम्ममा एकता घोषणा हुन्छ ।” एकता महाधिवेशनका लागि करिब डेढ वर्ष समय लाग्ने उनको भनाइ थियो ।  नेता ज्ञवालीले भने, “महाधिवेशन सम्पन्न नहुञ्जेलसम्म दुवै अध्यक्षहरुले संयुक्त नेतृत्व गर्नुहुन्छ, उनीहरुले समझदारीमा नै पार्टी चलाउनुहुन्छ ।” एकीकृत पार्टीको संरचनामा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी निर्माण गरिने नेता ज्ञवालीले जानकारी दिए । रासस
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48981
politics
राजनीति
संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नुपर्छ : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने बताएका छन् । मंगलबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै कोइरालाले पार्टीको नेतृत्व गर्न देउवा असफल भैसकेकाले संसदीय दलमा विकल्प खोजिने बताएका हुन् । उनले सर्वसम्मत भएमा आफू पनि संसदीय दलको नेता हुन तयार रहेको बताए । कोइरालाले भने, “सभापति देउवा र प्रकाशमान सिंहको कुरा चलेको छ, सर्वसम्मत भए म पनि संसदीय दलको नेता बन्न तयार छु, होइन भने पार्टी सभापतिको विकल्प खोजिन्छ ।” महामन्त्री कोइरालाले महासमिति र केन्द्रीय समितिको बैठक आह्वान गरेर पार्टी सुदृढीकरणको अभियानमा लाग्ने बताए । एमाले–माओवादीबीचको एकताले नेपाली कांग्रेसलाई चुनौती थपिएको भन्दै कोइरालाले भने, “दुई कम्युनिष्टको एकीकरणले प्रतिस्पर्धामा कठिन हुन्छ, काँग्रेस सुदृढीकरण बनाउनुपर्छ, काँग्रेस विपक्षमा बस्दा संगठित हुने सम्भावना बढ्छ ।” वाम एकताले कांग्रेसलाई ठीक बनाउन सन्देश दिएको बताउँदै उनले भने, “काँग्रेस पनि विचार मिल्ने दल र नेताहरुसँग एकीकरण गर्दै जानुपर्छ ।”
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48979
politics
राजनीति
बैतडीमा पृथ्वीनारायण शाहको शालिक शिलान्यास
बैतडी, रासस । जिल्लामा पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास गरिएको छ ।  दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिकको शिलान्यास गरेका हुन् । शालिक निर्माणका लागि चार रोपनी जग्गा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गरेको ‘राष्ट्रियता संरक्षण अभियान’का अध्यक्ष तथा शालिक निर्माणका परिकल्पनाकार हेमबाबु लेखकले जानकारी दिए ।  दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा पृथ्वीबाटिकासहितको २१ फिट अग्लो शालिक र विशाल नेपालको नक्सा बनाइने लेखकले बताए । निर्माणका लागि करिब एक करोड खर्च लाग्ने उनको भनाइ छ । 
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48977
politics
राजनीति
पार्टी एकताको अवसरमा मंगलबार साँझ दीपावली
काठमाडौं । दुई ठूला कम्युनिस्ट पार्टीले पार्टी एकताको समझदारी गरेपछि उत्साहित कार्यकर्ताले माइतीघर मण्डलामा साँझ दीपावली गर्ने भएका छन् । पार्टी एकताबाट उस्ताहित बनेका युवाहरूले स्वतस्फूर्त रूपमा दीपावलीको आयोजना गरेको एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । दुई ठूला कम्युनिस्ट पार्टी एकीकृत भर्इ समृद्ध मुलुक निर्माणको बाटोमा अघि बढेकाले दीपावली गर्न लागेको उनले बताएका हुन् । एमाले–माओवादी केन्द्रबीच सोमबार मध्यराति ७ बुँदे समझदारी भएपछि कार्यकर्तामा उत्साह सञ्चार भएको हो ।
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48976
politics
राजनीति
कांग्रेस ललितपुरका सभापति अमात्यमाथि कारबाहीको माग
काठमाडौं । नेपाली कांग्रेस ललितपुरका नेताहरुले जिल्ला सभापति मदनबहादुर अमात्यमाथि अनुशासनको कारवाही गर्न माग गरेका छन् । उनीहरुले प्रेस विज्ञप्ति जारी गरेर पार्टी सभापति आमात्य तत्काल अनुशासनको कारवाही गरेर निलम्बन गर्न माग गरेका हुन् ।  सभापति अमात्यमाथि उनीहरुले विधान उल्लंघन गरेको, कार्यसमिति बैठक नियमित नडाकेको, महाधिवेशन र महासमिति सदस्यहरुलाई उपेक्षा गर्ने गरेको तथा सांगठनिक–राजनीतिक संस्कार र चरित्र प्रदर्शन नगरेको आरोप लगाएका छन् ।   महेश्वर थापा, राजेश महर्जन, जितेन्द्र श्रेष्ठ, प्रमोद शर्मा रामकृष्ण चित्रकार लगायतको हस्ताक्षर भएको प्रेस विज्ञप्तीमा जिल्ला सभापति अमात्यमाथि केन्द्रीय नेतृत्वले कारवाही नगरे ललितपुरमा लोकतन्त्रप्रति आस्थावान सर्वसाधारणको कांग्रेस प्रतिको धारणा प्रतिकुल हुने निश्चित रहेको चेतावनी दिइएको छ । उनीहरुले सभापति अमात्य आगामी १४ औं महाधिवेशनलाई आफ्नो पक्षमा पार्ने उदेश्यले पार्टीको संगठन बनाउने नाममा भताभुंग पार्ने मनसायले प्रेरित भएर अघि बढी रहेको पनि दावी गरेका छन् ।       
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48975
politics
राजनीति
पार्टी एक भइसक्यो, निर्वाचन आयोगमा पनि चाँडै दर्ता हुन्छ : प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदनपछि औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने बताएका छन् । मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले प्रतिवेदन दिएपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्ने बताए ।  “हामीले हिजो दुईवटा कार्यदल बनाएका छौं । यी कार्यदलको प्रतिवेदनपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्छ,” अध्यक्ष प्रचण्डले भने,  “त्यसपछि पुराना केन्द्रीय समिति विघटन गरेर नयाँ केन्द्रीय समिति बनाउँछौं ।” नयाँ केन्द्रीय समिति बनाएपछि औपचारिक रुपमा नयाँ दलका रुपमा निर्वाचन आयोगमा दर्ता गरिने उनले बताए । अध्यक्षले दाहालले भने, “सैद्धान्तिक र व्यवहारिक किसिमले हामी एकै कम्युनिष्ट पार्टी भइसक्यौं । तर, कानुनी रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेपछि मात्रै हामी नयाँ पार्टी हुन्छौं ।” अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय रुपमा समेत स्थापित मान्यताका आधारमा एकता महाधिवेशनसम्म दुवै पार्टीका अध्यक्ष सहअध्यक्षका रुपमा रहने बताए । बैठकको अध्यक्षता आलोपालो गर्नेगरी नयाँ पार्टीमा दुबै अध्यक्ष रहने र सोही अनुरुप हस्ताक्षर रहने जानकारीसमेत उनले दिए । पार्टी एकताले आमजनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत ठूलो प्रभाव पर्ने बताउँदै अध्यक्ष प्रचण्डले देशमा स्थायित्व, समृद्धि र सुशासनका लागि एकताले ठूलो धरातल तयार पारेको दाबी गरे ।  “हामीले निर्वाचनअघि जनतासँग चुनावपछि पार्टी एकता हुनेछ, देशमा राजनीतिक स्थायित्वका लागि सम्पूर्ण तागत लगाइनेछ र आर्थिक विकास र समृद्धिमा ध्यान केन्द्रीत गरिने छ भनेर प्रतिबद्धता र संकल्प गरेका थियौं । यो ऐतिहासिक परिघटना र नेपाल राष्ट्रका लागि दूरगामी परिघटना हो । यसले २०१९ सालदेखि टुटफूट हुँदै आएको कम्युनिष्ट आन्दोलनमा गुणात्मक फड्को मारेको छ,” दाहालले अगाडि भने ।
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48973
politics
राजनीति
राष्ट्रियसभाको मनोनयनप्रति कांग्रेसको आपत्ति, सरकारसँग दूरी बढ्ने चिन्ता
काठमाडौँ, रासस । नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम बाहेक आजको मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेकोमा कांग्रेसले विरोध जनाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सरकारले बिनातर्क राष्ट्रियसभा सदस्यमा नयाँ नाम पठाएकोप्रति कांग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता शर्माले यसअघिका निर्णय उल्ट्याउँदै सरकारले गरेको निर्णयले आगामी दिनमा सत्ता र प्रतिपक्षबीच दुरी बढ्ने चिन्ता व्यक्त गरे ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो । तीनैजना राष्ट्रपतिबाट मनाेनित भइसकेका छन् । कांग्रेसले अघिल्लो सरकारले संविधान बमोजिम स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरी निर्वाचन प्रक्रिया पूरा गर्न राष्ट्रियसभामा मनोनयन हुने तीनजना सदस्यको नाम सिफारिस गरेको स्पष्ट पारेको छ ।  प्रवक्ता शर्माले भने, “सिफारिस काम चलाउ सरकारले गरेको भन्ने हो भने त्यसअघि राष्ट्रियसभाको निर्वाचन पनि त्यही सरकारले गरेको हो ।” कांग्रेसले यसअघि मन्त्रिपरिषद् बैठकले संविधान बमोजिम निर्णय गरी सिफारिस गरेका व्यक्तिलाई राष्ट्रियसभा सदस्य मनोनयनमा राष्ट्रपति कार्यालयबाट भएको ढिलाइप्रति पनि आपत्ति जनाएको छ ।  यसअघिको सरकारले राष्ट्रियसभा सदस्यमा कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम मनोनयनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । उननसाठी सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीनजना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।  संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा सातै प्रदेशबाट आठ जनाका दरले ५६ जना सदस्य यसअघि माघ २४ गते भएको निर्वाचनबाट निर्वाचित भइसकेका छन् ।   
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48970
politics
राजनीति
प्रदेश २ का मुख्य न्यायाधिवक्ता झाको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट
काठमाडौं । प्रदेश नम्बर २ को मुख्य न्यायाधीवक्ता नियुक्त भएका अधिवक्ता दीपेन्द्र झाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । झाको योग्यतामाथि प्रश्न उठाउदै बाँकेका मधुर पाठक र काभ्रेका डिल्ली न्यौपानेले मुद्दा दायर गरेका हुन् । मुद्दा दायर गर्ने दुवै अधिवक्ता हुन् । रिटमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको सचिवालय, प्रदेश प्रमुखको सचिवालय र मुख्य न्यायाधीवक्ता झालाई विपक्षी बनाइएको छ ।  नेपालको संविधानको धारा १६० को उपधारा ३ ले मुख्य न्यायाधीवक्ताको योग्यता तोकेको र त्यसमा उच्च अदालतको न्यायाधीश हुने योग्यता भएको व्यक्ति मुख्य न्यायाधीवक्ताको पदमा नियुक्तिका लागि योग्य हुने उल्लेख छ ।  तस्बिर : झाको ट्वीटर
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48969
politics
राजनीति
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग उपमन्त्री र प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊबीच भेटवार्ता  भएको छ । माओवादी अध्यक्ष  प्रचण्डको निवास खुमलटारमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको थियो । भेटका प्रचण्डसँग  उपमन्त्री येझाऊले नेकपा ९एमाले० र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि ७ बुँदे सहमतिका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउँदै नेपाली इतिहासमा दूरगामी परिघटना भएको बताएका थिए । अध्यक्ष प्रचण्डले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताए । चिनियाँ उपमन्त्रीले दुई पार्टीको एकीकरणको स्वागत गर्दै एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताए । चीन सरकारसँग यसअघि भएका सम्झौताहरुलाई व्यवहारमा रुपान्तरण गर्ने बताउँदै उपमन्त्री येझाऊले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्‍याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने समेत येझाऊले बताए । भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपती शी जिनपिङले लेखेको पुस्तक “द गभर्नेन्स अफ चाइना–२” हस्तान्तरण गरेका थिए ।
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48965
politics
राजनीति
मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दैछन् मन्त्री ?
काठमाडौं । एमाले र माओवादी एकताको सात बुँदे सहमति भएसँगै सरकार विस्तार हुने भएको छ । सोमबार मध्यराति दुई पार्टीबीच सहमतिमा हस्ताक्षर भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । सोमबार पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी एक भइसकेकोले सरकारमा छिट्टै सहभागी हुने बताएका थिए । त्यस्तै, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बुधबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने विश्वास व्यक्त गरिन् । पार्टी अध्यक्ष प्रचण्ड मंगलबार चितवन गएको र बुधबार त्यहाँबाट फर्कने कार्यक्रम रहेकाले उनी फर्किएलगत्तै छलफल गरेर सरकारमा सहभागी हुने नेतृ भुसालको दाबी थियो । यता, एमाले सचिव प्रदीप ज्ञवालीले पनि बुधबारसम्म सरकार विस्तार हुने विश्वास व्यक्त गरे । दुई पार्टीबीच पार्टी एकताको आधारपत्रमा हस्ताक्षर भइसकेकाले सरकार विस्तारमा विलम्ब नहुने उनको भनाइ थियो । एमालेसँग पार्टी एकताबारे ठोस सहमति नगरी सरकारमा सहभागी नहुने माओवादी अडानका कारण एमाले अध्यक्ष ओलीको क्याविनेट माओवादीविहीन बनेको थियो । को–को बन्दैछन् मन्त्री ? संविधानतः राज्यमन्त्रीसमेत गरी २५ जनाभन्दा बढी सदस्यीय मन्त्रिपरिषद बनाउन पाइँदैन । तथापि एमाले र माओवादी दुवै पार्टीमा मन्त्रीका आकांक्षी थुप्रै देखिएका छन् । एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सोम पाण्डेको नाम चर्चामा छ । त्यस्तै तीन पटक सांसद बनिसकेका तर मन्त्री बन्ने मौका नजुरेका कास्कीका रवीन्द्र अधिकारी, मोरङबाट निर्वाचित भानुभक्त ढकाल पनि मन्त्री बन्ने इच्छा पाल्नेमध्ये हुन् । यता, माओवादी केन्द्रबाट रामबहादुर थापाको नेतृत्व नेताहरू कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणी पोखरेल सरकारमा सहभागी हुन इच्छुक देखिएको स्रोत बताउँछ । एमाले सविच ज्ञवालीले आजभोलि नै पार्टीको बैठक बसेर सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंग्याउने जानकारी दिए । त्यस्तै पम्फा भुसालले पनि पार्टी अध्यक्ष चितवनबाट फर्किएपछि सरकारमा सहभागी हुनेहरूको नाम निरूपण हुने बताइन् । 
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48963
politics
राजनीति
बाम एकताबारे बाबुरामको व्यंग्य– राजनीतिमा पनि भेडा भेडासँग, बाख्रा बाख्रासँग हुनु राम्रो हो
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता औपचारिक रुपमा अघि बढेको भन्दै बधाई दिएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा सोमबार राति एमाले र माओवादीबीच भएको सात बुँदे सहमतिले औपचारिक रुपमा पार्टी एकता अगाडि बढेको भन्दै बधाई दिएका हुन् ।  ‘एमाले र माओवादी केन्द्र एकताप्रक्रिया औपचारिक रुपले अघि बढेकोमा हार्दिक बधाई तथा शुभकामना’ भट्टराईले लेखेका छन्, ‘राजनीतिमा पनि भेडा भेडासँग, बाख्रा बाख्रासँग हुनु राम्रो कुरा हो ।’ उनले एमाले र माओवादीबीचको पार्टी एकताले विचार, नीति, कार्यक्रम, कार्यशैली एउटै भएका तर ब्राण्ड मात्रै फरक भएका पार्टीहरुको भ्रमबाट मुक्त हुन सजिलो हुने पनि बताएका छन् ।  उनले दुई पार्टीबीचको एकताले मुलुकमा विशिष्ठ परिस्थिति अनुकुलको समावेसी, समानुपातिक, सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मद्दत पुग्ने समेत बताएका छन् । ‘अब देशमा दोश्रो विश्वयुद्धपछिको शितयुद्धकालीन दुइ ध्रुवीय परिवेशमा जन्मेर हुर्केका परम्परागत उदारवादी लोकतन्त्रको पक्षधर कांग्रेस र स्टालिनवादी राज्य समाजवाद पक्षधर कम्युनिष्ट ध्रुवको विकल्पमा एक्काइसौं शताब्दी र चौथो औद्योगिक क्रान्तिको विश्वसन्दर्भ र भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको तथा क्रोनि क्यापिटालिज्म (आसेपासे पुँजीवाद) को दुष्चक्रमा फस्न थालेको नेपालको विशिष्ठ परिस्थिति अनुकुलको समावेसीरसमानुपातिकरसहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मदत पुग्नेछ,’ भट्टराईले अगाडि लेखेका छन् । सोमबार राति एमाले र माओवादी केन्द्रबीचमा एकीकरणका प्रारम्भिक ७ आधारहरुमा सहमति भएको थियो ।  
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48959
politics
राजनीति
राष्ट्रपतिद्वारा राष्ट्रियसभामा तीन सदस्य मनोनित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम तीनजनालार्इ राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छन् । मंगलबार उनले झापाका डा युवराज खतिवडा, मकवानपुरका रामनारायण बिडारी र मोरङकी डा विमला पौड्याललार्इ मनोनित गरेकी हुन् । मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले तीनजनालाई सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय यसअघि नै भएको थियो । मन्त्रिपरिषद्को अघिल्लो बैठकले कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेका नाम फिर्ता लिएको थियो । देउवा नेतृत्वको  सरकारले राष्ट्रियसभाका लागि गोपाल बस्नेत, चाँदनी जोशी र कृष्ण पौडेललाई सिफारिस गरेको थियो ।  
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48956
politics
राजनीति
प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा कोइराला
इनरुवा, रासस । प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन् । संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।  संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए । कोइराला कांग्रेसका सुनसरी सभापतिसमेत हुन् ।  कोइराला प्रदेशभाको निर्वाचनका बेला सुनसरी क्षेत्र नम्बर २ ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सांसदमा विजयी भएका थिए । 
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48953
politics
राजनीति
देउवा सरकारको निर्णय खारेज, राष्ट्रियसभामा ३ सदस्य सिफारिस
काठमाडौं । सरकारले राष्ट्रिय सभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले तीनजनालाई सिफारिस गर्ने निर्णय गरेको महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापामगरले जानकारी दिइन् । उनका अनुसार बैठकले राष्ट्रियसभाका लागि युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई सिफारिस गरेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय यसअघि नै भएको थियो । मन्त्रिपरिषद्को अघिल्लो बैठकले कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेका नाम फिर्ता लिएको थियो । देउवा नेतृत्वको  सरकारले राष्ट्रियसभाका लागि गोपाल बस्नेत, चाँदनी जोशी र कृष्ण पौडेललाई सिफारिस गरेको थियो ।  
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48949
politics
राजनीति
सरकारद्वारा राष्ट्रियसभा सदस्यमा ३ जना सिफारिस
काठमाडौं । सरकारले राष्ट्रिय सभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले तीनजनालाई सिफारिस गर्ने निर्णय गरेको महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापामगरले जानकारी दिइन् । उनका अनुसार बैठकले राष्ट्रियसभाका लागि युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई सिफारिस गरेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय यसअघि नै भएको थियो ।  
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48948
politics
राजनीति
काँग्रेसद्वारा तीनजनालाई कारबाही
उर्लाबारी, मोरङ (रासस) । नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ । उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहादुर राउत, रामप्रसाद सुवेदी र विपीन खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सचिव पर्वत राईले जानकारी दिए । यस्तै, बैठकले निर्वाचनमा असहयोग पु¥याउने ३१ जनालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । उनीहरुलाई पत्र पठाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव राईले बताए । यसैगरी, क्षेत्र नं १ मा पार्टी हारको कारण खोज्दै प्रतिवेदन तयार पार्न महासमिति सदस्य ललित अधिकारीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । मोरङ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य गरी तीनवटै पदमा काँग्रेसले हार बेहोरेको थियो । 
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48943
politics
राजनीति
मन्त्रिपरिषद् विस्तारका लागि बाटो खुल्यो, माओवादी पनि सरकारमा जाने 
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिपछि सरकार विस्तारको लागि बाटो खुलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार राति बालुवाटारबाट बाहिरिने क्रममा पत्रकाररुसँग संक्षिप्त कुरा गर्दै अब सरकारमा सहभागीताको लागि बाटो खुलेको जानकारी दिए । यसअघि नेकपा माओवादी केन्द्रले पार्टी एकताको विषयमा ठोस सहमति नभए सरकारमा नजाने स्पष्ट अडान लिँदै आएको थियो । “अब सरकारमा सहभागी हुन्छौं,” दाहालले संक्षिप्त प्रतिक्रिया दिँदै भने । त्यसैगरी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि सकेसम्म मंगलबार बेलुकासम्म सरकार विस्तारको तयारी भएको जानकारी दिए । माओवादीका एक नेताका अनुसार आज बेलुकासम्म सरकारमा सहभागी हुनेहरुको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी छ ।  
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48940
politics
राजनीति
एमाले–माओवादी एकतामा ‘ब्रेक थ्रु’, अब एउटै नेपाल कम्युनिष्ट पार्टी 
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच अर्को एउटा महत्वपूर्ण सहमति भएको छ । जसलाई दुवै पार्टीले ‘ब्रेक थ्रु’का रुपमा लिएका छन् । एकता संयोजन समितिको बैठकले सातबुँदे सहमति नेपाली राजनीतिमा अर्को ‘ब्रेक थ्रु’ भएको बताएका छन् । सातबुँदे सहमति गरी नेपाल कम्युनिष्ट पार्टी बनाउने प्रारम्भिक आधार तयार गरेका  छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ ८ बजेबाट ११ बजेसम्म गरेको छलफलबाट सो आधार तयार गरेका हुन् ।  सहमतिपत्रमा संयोजन समितिका आठजना नेताले हस्ताक्षर गरेका छन् । सहमतिमा एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने उल्लेख छ ।   त्यस्तै, सहमतिको अर्को बुँदामा पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद रहने सहमति भएको छ । त्यसैगरी एमालेले अवलम्बन गर्दैआएको जनताको बहुदलीय जनवाद (जवज) ले अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गरेको र माओवादी केन्द्रले पनि शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत नै श्रेष्ठता हासिल गरेको समान धारणाका आधारमा अघि बढ्ने सहमति नेताहरुले गरेका छन् ।  त्यसकालागि जबज, एक्काइसौं शताब्दीको जनवादलाई विधिसम्मतरुपले छलफल र वहस गरी परिमार्जन गर्ने सहमतिपत्रमा उल्लेख छ । सोही आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन र अन्तरिम विधान तयार गरिनेछ । प्राप्त उपलब्धीहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई सुदृढ गर्दै मुलुकको सामाजिक, आर्थिक रुपान्तरणमार्फत समाजवादको आधार निर्माण गर्ने सहमतिपत्रमा अर्को बुँदा उल्लेख छ ।  सातबुँदे सहमतिको अर्को बुँदामा आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनकारुपमा समझदारीकासाथ भव्यरुपमा सम्पन्न गर्ने उल्लेख छ । सहमतिपत्रमा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेका छन् ।  त्यस्तै माओवादी केन्द्रको तर्फबाट अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।    
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48938
politics
राजनीति
एकले सरकार अर्कोले पार्टी सम्हाल्ने ‘भद्र सहमति’, दुवै सह–संयोजक 
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एउटाले सरकार र अर्कोले पार्टी सम्हाल्ने ‘भद्र सहमति’ भएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमकाअनुसार एकजनाले सरकारको नेतृत्व सम्हाल्नेछन् भने अर्कोले पार्टीको जिम्मेवारी सम्हाल्ने ‘जेन्टलमेन्ट एग्रीमेन्ट’ भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेतृत्वको विषय टुंगो लागेको प्रतिक्रिया दिए । बालुवाटारबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले भने, “पार्टी बैठकको अध्यक्षता बैठकैपिच्छे पालैपालो गर्ने भन्ने सहमति भएको छ । नेतृत्वबारे स्पष्ट धारणा र निष्कर्ष बनिसकेको छ ।” यसअघि एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई समान हैसियत दिन नहुनेमा जोड दिँदै आएका थिए । सो विषय सातबुँदे सहमतिमा उल्लेख नभए पनि नेताहरुबीच मौखिक सहमति भएको उपाध्यक्ष गौतमले जानकारी गराए । दुवै दलका अध्यक्षहरु सह–संयोजकको जिम्मेवारीमा रहने पनि नेता गौतमले जानकारी दिए ।   फागुन मसान्तभित्रै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने गृहकार्यका लागि नेताहरुलाई जिम्मेवारी तोकिएको पनि गौतमले जानकारी दिए । तस्बिर, प्रदीप ज्ञवालीको ट्वीटरबाट 
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48936
politics
राजनीति
गगन थापासहितका नेताले सुरु गरे कांग्रेस पुनर्जागरण अभियान
काठमाडौं ।  निर्वाचनमा पराजय भोगेपछि नेपाली कांग्रेसका युवा नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर सोमबारबाट नेपाली कांग्रेस पुनर्जागरण अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसका युवा नेता गगन थापा, चन्द्र भण्डारी लगायतकाले देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । चुनाब हारेपछि पार्टीमा क्राइसिस आउँदा कार्यकर्तामा उत्साह गराएकाले पुनर्जागरण अभियान सुरु गरेको कांग्रेस नेता गगन थापाले बताए । ‘हाम्रो अभियान नेता विरुद्ध होइन,’ थापाले भने, ‘गुटवन्दीका लागि होइन, सैद्धान्तिक ब्याख्या, सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीमा आत्मविश्वास र जनताको विश्वासलाई पुनस्स्थापित गर्न हो ।’  पुनर्जागरण अभियान घोषणा गर्दै अर्का नेता चन्द्र भण्डारीले अब गुट–उपगुटबाट माथि उठेर संगठन सदृढीकरण अभियान सुरु गरेको बताए ।  कांग्रेस नेता गुरु घिमिरेले अहिलेको पार्टी सञ्चालन शैलीले चुनौती पार नहुने बताए ।  अभियान घोषणा कार्यक्रममा धनराज गुरुङ, प्रदिप पौडेल, रामहरी खतिवडा, मोहन पाण्डे लगायतले पार्टीलाई नयाँ सिराबाट अघि बढाउनुपर्ने धारणा राखे । यस्तो छ संक्षिप्त अवधारणा नेपाली कांग्रेस पुनर्जागरण अभियान  आज प्रजातन्त्र दिवस,२००७ सालको जनक्रान्तिलाई स्मरण गर्दै स्वतन्त्रताका निम्ति प्राण आहुती गर्ने सम्पुर्ण सहिदहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । नेपाली कांग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र सो अनुरुप सबै तहको निर्वाचन सम्पन्न भएको छ । यससंगै नेपाली राजनीतिको तत्कालको कार्यभार मात्र पुरा भएको छैन सात दशकदेखि नटुङ्गिएको एउटा महत्वपूर्ण अध्याय समेत समाप्त भएको छ । नेपालको राजनीति अन्ततस् लोकतन्त्रको सर्वस्वीकृत मार्गमा पुगेको छ, जुन हाम्रा दुरदर्शी अग्रजहरूले पार्टीको स्थापनाकाल मै देखाएका थिए । निश्चय नै यो कांग्रेसको राजनीतिक विजय हो । तर कांग्रेसको राजनीति र विचारले जित्दैगर्दा पनि कांग्रेसले चुनाव जित्न सकेन । देशैभरि चुनाव हारेको मात्र होइन कांग्रेसजनमा उत्साह हराएको छ, आत्मबल कमजोर भएको छ, नेतृत्वप्रति गहिरो आक्रोस छ, पार्टीका कार्यकर्ता अलमलिएका छन्,समर्थकहरू निराश छन र मतदातामा गहिरो अविश्वास छ । राजनीतिक विचारले जितेर पनि निर्वाचन हारेको र सवै तहमा नेता कार्यकर्ता अलमलिएको अनि कांग्रेसप्रति जनताको विश्वास गिरेको आजको वास्तविकता हो । के आजकै सैद्धान्तिक ब्याख्या, सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीले कार्यकर्ताको त्यो आत्मविश्वास र जनताको विश्वासलाई पुनस्स्थापित गर्न सक्छ? हाम्रा अगाडिको यक्ष प्रश्न यहि हो ।  कांग्रेसमा आज जुन अलमल छ,त्यो रहिरहँदासम्म जनताको विश्वास फर्काउन त परको विषय तत्कालको लागि प्रतिपक्षको भूमिका पनि प्रभावकारी हुन सक्दैन । संविधानलाई कार्यन्वयन गर्नुपर्ने यो संक्रमणकालमा केहि अफ्ठ्यारो र्पयो भने पनि पार्टीले अग्रसरता र समाधान दिन सक्दैन । अनि यहि गति र अवस्थामा कांग्रेसले ५ बर्षपछिको चुनाववाट आफ्नो साख फर्काउन सक्ला ? सक्दैन। त्यसैले कांग्रेस जतिसक्दो छिटो यो अलमलवाट बाहिर निस्कनै पर्छ । कार्यकर्तापङ्तिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुनर्स्थापित गर्ने गरी पार्टीलाई दिशानिर्देश गर्न पार्टी्भित्र आत्मसमिक्षा मात्रै गरेर पुग्दैन त्यसलाई सच्याउँदै आफु वदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ । निर्वाचन पश्चातको पिडावोधलाई शक्तिमा बदलेर फेरि पार्टीलाई द्रुततर गतिमा पुनर्जीवन दिन कांग्रेस नयाँ बन्नै पर्छ । त्यसको प्रारम्भ अविलम्ब महासमिति वैठक र सिघ्र महाधिवेशन गरेर हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौं । यो नियमित प्रकृया हो, गर्नैपर्छ । त्यो भन्दा पनि महत्वपूर्ण पक्ष कांग्रेसमा पुनर्जागरण चाहिएको छ । एउटा यस्तो जागरण अभियान चाहिएको छ जसले तलदेखि माथिसम्म कांग्रेसलाई जागृत गराउन सकोस, संविधान कार्यन्वयनसँगै आरम्भ भएको नयाँ युगमा कांग्रेसको नयाँ लक्ष्य तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डालाई बोकेर हिड्नसक्ने संगठनको खाका कोर्न सकोस र जनतामा विश्वास भराउन सकोस ।  तात्कालिक रुपमा यो पुनर्जागरण अभियानले महासमिति वैठक र महाधिवेशनलाई अर्थपुर्ण बनाउनेछ, देशैभरि सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउनेछ, संविधानको मर्म अनुरुप देश संचालनमा अग्रसरता लिन सक्ने अनि सरकारले संविधान कार्यन्वयमा वाटो विराउन खोज्दा खवरदारी गर्नसक्ने कांग्रेस बनाउनेछ, काँग्रेसलाई आन्तरिक लोकतान्त्रिक संस्कृति सहितको पार्टी बनाउनेछ, पार्टीले नेतृत्व गर्नैपर्ने सामाजिक आन्दोलनका मुद्दाहरूलाई पहिचान गर्दै पार्टी्भित्र निस्तेज हुँदै गएको सामाजिक आन्दोलनको भावनालाई पुनर्जागृत गरि सामाजिक आन्दोलनको नेतृत्व गर्ने अवस्थामा र्पुयाउनेछ । यससंगै यस अभियानले संविधान निर्माण पछिको परिवर्तित सन्दर्भमा पार्टीको शैद्धान्तिक प्रष्टताका लागि पार्टीको आदर्श र सिद्धान्तको पुनर्व्याख्या गर्नेछ । संविधानले निर्दिष्ट गरेको संघीय तथा समावेशी संरचना र बदलिंदो आर्थिक सामाजिक परिवेश अनुरुप संगठनको पुनर्संरचना गर्दै नेपाली कांग्रेसलाई पुर्ण लोकतान्त्रिक, समावेशी, गतिशील र अनुशासित पार्टी वनाउन संगठनको खाका बनाउनेछ । त्यस्तै गतिशीलता,असल आचरण र समर्पण भएको स्वप्नशील नेतृत्व, पार्टी्भित्र सवै सदस्यले आत्मसम्मान र अपनत्व अनुभूति गर्ने तथा समान अवसर र न्यायको सुनिश्चितता हुन सक्ने एक्काइसौं सताव्दी अनुकुलको आधुनिक पार्टी निर्माण गर्न पार्टी्भित्र र वाहिर जनमत तयार गर्नेछ ।  नेपाललाई अवको १५ बर्ष भित्र कम्तिमा पनि अतिकम विकसित राष्ट्रको समुहबाट माथि उठाइ समान, सुखी र खुशी नेपाली भएको समुन्नत देश बनाउने संकल्प सहित नेपाली काँग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर नेपालको आर्थिक सामाजिक रुपान्तरणको भरपर्दो सारथी बनाउने मुख्य ध्येयका साथ आज प्रजातन्त्र दिवसकै दिन यो वैचारिक जागरण अभियान प्रारम्भ गरिएको छ ।  हामी प्रष्ट गर्न चाहन्छौं(यो कुनै गुट होइन,कुनै ब्यक्ति बिरुद्ध लक्षित पनि होइन । यो पार्टी सुदृढिकरणको साझा संकल्प बोकेका पार्टीका सबै सदस्यहरूको अभियान हो। प्रातस् स्मरणीय सहिदहरूलाई सम्झदै, हामी संकल्प गर्छौं( नेपाली काँग्रेसलाई २००७ सालको जस्तै क्रान्तिकारी र जुझारू तथा २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय अनि २१औं शताब्दी अनुकूलको आधुनिक राजनीतिक संगठनको रुपमा स्थापित गर्ने मात्रै होइन समृद्ध नेपालको नेतृत्व गर्न सक्ने योजना,साहस र समर्पण सहितको नेतृत्व अनि जनताको भरोषा र विश्वास जितेको पार्टीको रुपमा पनि स्थापित गर्नेछौं ।  हामी संकल्प गर्छौं( निर्वाचनको म्याण्डेट अनुसार यो ५ बर्ष जिम्मेवार र सशक्त प्रतिपक्षको रुपमा नेपाली कांग्रेसको भूमिकालाई स्थापित गर्दै ५ बर्षपछि हुने सवै तहका निर्वाचनमा कांग्रेसलाई बहुमत सहितको पहिलो पार्टीको रुपमा स्थापित गर्नेछौं। अभियानको पहिलो चरणस्     अभियानको पहिलो चरणमा सवै प्रदेश, जिल्ला र स्थानिय तह(नगर्गाँउपालिका र वडा)सम्म संविधान अनुसार परिवर्तित सन्दर्भमा पार्टीको सिद्धान्तको पुनर्व्याख्या, संगठनको पुनर्संरचना र काँग्रेसले अंगिकार गर्नुपर्ने आर्थिक सामाजिक विकासका मुद्दाहरूका सन्दर्भमा पार्टीका साथीहरू,भातृ तथा सुभेक्छुक संस्थाका साथीहरू र सुदृढ कांग्रेसको सुभेच्छासहित समाजको बिभिन्न तहमा क्रियाशील व्यक्तिहरूसंग संवाद र छलफल गरि सिद्धान्तको पुनर्व्याख्या र सांगठनिक दस्तावेज तयार गरिनेछ।     यसरी कांग्रेसको सवै तहमा छलफल गरि तयार गरिएको पार्टी पुनर्निर्माणको प्रस्तावित खाका सहितको एकिकृत दस्तावेजलाई अध्ययनको लागि पार्टीको हरेक तहमा र्पुयाइनेछ र पार्टीको महासमिति वैठक तथा महाधिवेशनमा प्रस्तुत गरिनेछ।   मितिः  २०७४ फागुन  ७ गते, प्रजातन्त्र दिवस जय नेपाल!  
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48920
politics
राजनीति
प्रहरी हस्तक्षेपको विरोध
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले नेपाल कम्युनिष्ट पार्टीको युवा मोर्चाले आइतबार विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा प्रहरीले गरेको हस्तक्षेप गरेको भनी विरोध गरेको छ ।  क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले आज जारी गरेको विज्ञप्तिमा प्रहरीले हस्तक्षेप गरी नेकपाका नेता हेमन्तप्रकाश ओली, पद्म राईसहित थुप्रै युवा कार्यकर्तालाई गिरफ्तार गरिएको जनाउँदै उनीहरुको अविलम्ब रिहाइ गर्न सरकारसँग माग गरहेका छन् । रासस
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48908
politics
राजनीति
‘प्रदेश सरकार समावेशी बन्न सकेन’
सुर्खेत । प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् ।  समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् । सो प्रदेशमा गठन भएको प्रदेश सरकारका लागि नेकपा (एमाले) ले चार र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्रीसहित तीन मन्त्री पाएका छन् । माओवादी केन्द्रले आफूले पाएको भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी विमला केसीलाई मन्त्री बनाएको छ ।  कूल सांसद संख्याको २० प्रतिशत समावेश हुने गरी सरकार निर्माण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सो प्रदेशमा एक महिलाबाहेक अरु कुनै मन्त्री समावेश नभएको सांसद दीनबन्धु श्रेष्ठले बताए । पार्टीको भनाइ र निर्णय गराइमा फरक देखिएकाले समावेशी सरकार बन्न नसकेको विचार महिला तथा दलित सांसद मीना रखालले व्यक्त गरे ।  “समावेशी सरकार बन्न, महिला, दलित र जनजाति सदस्यको पनि सहभागिता हुनुपर्ने थियो तर यो प्रदेशमा भएन”, उनले भने । छ नं प्रदेशमा छ दलित सांसद रहेकामा एक जना पनि मन्त्री नभएको उनले बताए ।   सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले रुकुमकी केसीलाई मन्त्री बनाए पनि सबैभन्दा ठूलो दल एमालेले भने सबै मन्त्री खसआर्यबाटै छानेको छ । पार्टीमा खसआर्यबाटै मन्त्री बन्नका लागि आकांक्षी बढी भएकाले समावेशिता नभएको सांसद दानसिंह परियारले बताए ।  आफूले समावेशी मन्त्रिमण्डल बनाउन निकै प्रयास गरे पनि दलित र जनजातिको प्रतिनिधित्वलाई सम्बोधन नभएको उनको भनाइ छ ।  सो प्रदेशमा प्रदेशसभा सदस्य ४० मध्ये दलिततर्फ प्रत्यक्षमा एमालेबाट मुगुका दानसिंह परियार र माओवादी केन्द्रबाट रुकुमका रातो कामी मात्र प्रत्यक्ष निर्वाचित भएका हुन् भने एमालेका राजु नेपाली र मीना रखाल तथा माओवादीका केन्द्रका सीता नेपाली र नेपाली कांग्रेसका झोवा विक तामाङ समानुपातिक सांसद छन् ।  महिला जनजातितर्फका पुष्पा घर्ती उपसभामुख भइसक्नु भएको छ भने प्रतिपक्षी दल कांग्रेसका श्रेष्ठ मात्रै जनजाति सांसद छन् । बाँकी महिला तथा खसआर्यतर्फका सांसद छन् । रासस
मंगलबार, फागुन ८, २०७४
https://baahrakhari.com/news-details/48907
politics
राजनीति
ओली र दाहालले बैठकको अध्यक्षता पालैपालो गर्ने, ओलीपछि दाहाल प्रधानमन्त्री
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएको छ । सहमतिका बुँदामा उल्लेख नभए पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको बैठकमा पालैपालो अध्यक्षता गर्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालका अनुसार बैठकमा पालैपालो अध्यक्षता गर्ने विषयमा सहमति भएको छ । तर यो विषय सहमतिपत्रमा उल्लेख गरिएको छैन । “दुवै पार्टी अध्यक्ष, दुवैले पालैपालो बैठकको अध्यक्षता गर्ने विषयमा सहमति भएको छ,” दाहालले बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग भने, “हामीले पालैपालो नेतृत्व गर्छौं । सरकारको नेतृत्व अहिले केपी ओलीजीले गर्नुहुन्छ, पछिको कुरा त्यसबेला नै हुन्छ ।”  उनका अनुसार अब माओवादी केन्द्र पनि सरकारमा सहभागी हुन्छ । सरकारमा को को सहभागी हुने भन्ने बारेमा मंगलबार छलफल हुने भएको छ ।   तस्बिर, प्रदीप ज्ञवालीको ट्वीटरबाट 
सोमबार, फागुन ७, २०७४
https://baahrakhari.com/news-details/48934
politics
राजनीति
एमाले र माओवादीबीच ७ बुँदे सहमति, पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने 
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकमा ७ बुँदे सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तो छ सहमति ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु  १) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ । २) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ । ३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ । ४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।  ५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।  ६. महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।  ७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।
सोमबार, फागुन ७, २०७४
https://baahrakhari.com/news-details/48932
politics
राजनीति
पार्टी एकता संयोजन समितिको बैठक  चारघण्टादेखि जारी
काठमाडौँ (रासस) । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अझै जारी छ ।  यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने अनुमान गरिएको छ ।  बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र  महासचिव ईश्वर  पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  एवं नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।  
सोमबार, फागुन ७, २०७४
https://baahrakhari.com/news-details/48930
politics
राजनीति
एमाले र माओवादीबीचको बैठकमा उपेन्द्र यादव पनि सहभागी 
काठमाडौं । नेकपा एमाले र माओवादीबीचको बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भएका छन् । नेकपा एमालेका नेता अग्नी खरेलसँग बालुवाटार पुगेका यादव करिब १ घण्टा बसेर फर्किएका थिए । बालुवाटार स्रोतका अनुसार यादवलाई पनि सरकारमा सहभागी गराउने प्रयास भएको छ ।  
सोमबार, फागुन ७, २०७४
https://baahrakhari.com/news-details/48929
politics
राजनीति
एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु, एकताको विषय आजै टुंग्याउने तयारी
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई अनुमोदन गर्ने बताइएको छ । दुई अध्यक्षबीच नेतृत्वमा पालैपालो अघि बढ्ने भद्र सहमति भएको बताइएको छ । कार्यदलको बैठकले सहमतिलाई अनुमोदन गरेपछि सार्वजनिक गर्ने तयारी भएको छ ।  
सोमबार, फागुन ७, २०७४
https://baahrakhari.com/news-details/48917
politics
राजनीति
मुगुका सांसद शाहीद्वारा राजिनामा, पार्टी पनि छाड्ने
सुर्खेत, रासस । मन्त्री बन्न नपाएको भन्दै सांसद चन्द्रबहादुर शाहीले आफ्नो पदबाट राजिनामा दिएका छन् ।  मुगु प्रदेश ख बाट प्रत्यक्ष निर्वाचित सांसद शाहीले प्रदेश नं ६ को मन्त्रिमण्डल विस्तारप्रति असन्तुष्टि जनाउँदै आइतबार राजिनामा दिएका हुन् ।  एमाले प्रदेश नं ६ का संसदीय दलका नेता यामलाल कँडेलले पार्टीका तर्फबाट प्रदेश सरकारमा सहभागी हुने मन्त्री पठाउँदा आफूलाई अन्याय गरेकाले राजिनामा दिएको सांसद शाहीले बताए ।  आइतबार विस्तार भएको मन्त्रिमण्डलमा आफू निकट तथा पार्टीमा योगदान नगरेकालाई मन्त्री बनाएर चरम गुटगत राजनीति गरेकाले त्यसविरुद्ध आफ्नो राजिनामा आएको सांसद शाहीको भनाइ छ ।  संसदबाट मात्र नभएर पार्टीबाट पनि राजीनामा दिने सांसद शाहीले बताए ।  “प्रदेश नं ६ को प्रदेश सांसद भएकाले सांसदको राजिनामा प्रदेशमा नै दिएको हुँ, एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्यसमेत भएकाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै राजिनामा बुझाउन काठमाडौँ पुगेको छु” सांसद शाहीले भने ।   
सोमबार, फागुन ७, २०७४
https://baahrakhari.com/news-details/48899
politics
राजनीति
आलोपालो प्रधानमन्त्री ठिक हुँदैन : नेपाल
रौतहट, रासस । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् ।  पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताएका हुन् । रौतहटको गौरमा आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने बताए । नेता नेपालले पार्टी एकीकरणपछि दुईजना अध्यक्ष बन्ने अवस्था आए पनि दुवैजनालाई सहअध्यक्ष राख्न सकिने धारणा व्यक्त गरे । नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने उनको भनाइ थियो ।
सोमबार, फागुन ७, २०७४
https://baahrakhari.com/news-details/48893
politics
राजनीति
प्रधानन्यायाधीश भन्छन्– राम्रा काम हेर्नै नसक्नेहरु नीच तरिकाले प्रस्तुत भए 
काठमाडौं  । समाजमा आफुलाई अहम् र ठुलो ठान्नेहरुले नै असभ्यताको खेती गरिरहेको बताउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीले जो कोही पनि सभ्य हुनलाई अश्लिलता त्याग्नैपर्ने बताएका छन् ।  उनले न्यायालयमा भएका राम्रा र सुधारका कामको अनुहार हेर्नै नसक्ने केही व्यक्तिहरु नीच तरिकाले प्रस्तुत भएर भ्रमको खेती गरिहेको भन्दै आपत्ति जनाएका थिए ।  बाल सुधार गृह सानोठिमिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले अर्काका बारेमा भ्रामक सूचना सम्प्रेषण हुन थालेको भन्दै राज्यलाई घचघच्याउने संस्थालाई आफ्नो विशेषता आफैँ नगुमाउन आग्रह गरे ।  कार्यक्रममा उनले न्यायालय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने जिकिर गरे ।  प्रधानन्यायाधीश पराजुलीले आफू प्रधानन्यायाधीश भएपछि न्यायसम्पादनमा धेरै प्रगति भएको बताए ।  उनले आफू नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र यसले अतिरिक्त समय इजलास सञ्चालन हुँदा महत्वपूर्ण सफलता हाँसिल बताए ।  यसका साथै उनले विगतमा डेढ वर्षसम्म अवरुद्ध रहेको संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषयहरु निरन्तर निरुपण भईरहेको, बालबालिका, जेष्ठ  नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु लगायतका मुद्दालाई विशेष प्राथमिकतामा राखेर सुनुवाई गरिरहेको जानकारी गराएका थिए ।  कार्यक्रममा बाल न्याय समन्वय समितिका अध्यक्षसमेत रहेका सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले बाल सुधार गृहलाई समयसापेक्ष, आधुनिक र न्यायीक बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको औंल्याए ।   
सोमबार, फागुन ७, २०७४
https://baahrakhari.com/news-details/48891
politics
राजनीति
End of preview. Expand in Data Studio

Nepali News Dataset

A large collection of Nepali news articles scraped from Baahrakhari and other Nepali news sources, with cleaned category labels.

Dataset Summary

  • Language: Nepali (ne)
  • Total articles: ~2.76 million
  • Format: Parquet (snappy compressed)

Features

Column Type Description
category string Original Nepali category label
heading string Article headline
text string Full article body
date string Publication date (Nepali calendar format)
link string Source URL
clean_categories string English category label

Category Distribution

Category Count
news 702,150
misc 402,847
politics 250,668
national 225,204
society 214,447
economy 213,954
sports 179,669
global 125,672
health 64,707
entertainment 62,847
... ...
Downloads last month
14